छिटो तौल घटाउनु हुन सक्छ स्वास्थ्यलाई घातक
तौल घटाउनु सजिलो काम होइन । यसका लागि कडा मेहनत र सही डाइटको साथमा धेरै कुराहरूको ध्यान राख्नुपर्छ । धेरै मानिसहरू मेहनतबाट बच्नको लागि फ्याट डाइटको सहारा लिन्छन् । यसले तौल छिटो घट्न सक्छ तर, धेरै छिटो घटेको तौल धेरै दिनसम्म रहँदैन ।
किनकि यो डाइट छोड्नेबित्तिकै तौल फेरि बढ्न थाल्छ । यो स्वास्थ्यको लागि खतरनाक पनि हुन सक्छ । यस अवस्थामा एक महिनामा कति तौल घटाउनु सही हो, धेरै घटाउँदा के–के नोक्सान हुन सक्छन् भन्ने बारे जानौँ ।
विशेषज्ञहरूको भनाइ छ कि छिटो तौल घटाउनु स्वास्थ्यको लागि सही होइन । यसले स्वास्थ्यलाई धेरै प्रकारले नोक्सान पुर्याउन सक्छ । बिस्तारै तौल घटाउँदा त्यो सधैँको लागि घट्न सक्छ । यसले एक पटक तौल घटेपछि त्यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ ।
एक हप्तामा करिब ०.५ किलो तौल घटाउनु सही हुन्छ । यसको मतलब एक महिनामा करिब २ किलोसम्म तौल घटाउन सकिन्छ । यसका लागि नियमित रूपमा सही खानपान र व्यायाम गर्नुपर्छ । एक महिनामा १.५ देखि २.५ किलोसम्म तौल घटाउनु सुरक्षित हुन्छ ।
एक महिनामा धेरै तौल घटाउँदा के नोक्सान हुन्छ ?
यदि एक महिनामा २ किलोभन्दा धेरै वजन घटाउँदै हुनुहुन्छ भने यसको मतलब तपाईं आफ्नो शरीरका भित्री अङ्गहरूमा दबाब दिइरहनु भएको छ । यसमा सबैभन्दा धेरै असर किड्नीमा पर्छ, जुन स्वास्थ्यको लागि राम्रो हुँदैन ।
तौल घटाउने प्रयास गर्ने धेरै मानिसहरू उच्च प्रोटिन डाइट लिन्छन्, जसले गर्दा उनीहरूको किड्नीमा असर पर्छ ।
यसले किड्नीको स्वास्थ्य बिग्रन थाल्छ । एक महिनामा धेरै तौल घटाउँदा शरीरमा थकान, कमजोरी, र वाकवाकी जस्ता समस्याहरू हुन सक्छन् । विशेषज्ञहरूको भनाइ छ कि स्वस्थ तरिकाले तौल घटाउँदा शरीरको ऊर्जा स्तर कायम रहन्छ र तपाईं भित्रबाट पनि स्वस्थ महसुस गर्नुहुन्छ ।
एजेन्सी
Comments