टीआरसी विधेयक कानून समितिबाट पारित
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको हो ।
बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रुपमा नै पारित भएको घोषणा गरिन् । उनले समितिबाट पारित भएको विधेयकलाई संसद्को अर्को बैठकमा पेस गर्ने गरि पत्राचार गर्ने बताइन् ।
त्यस्तै, बैठकमा कानूनमन्त्री अजय कुमार चौरसियाले मानवअधिकारको उलंघनमा पिडितलाई न्याय दिने, गल्ती गर्नेलाई सजाय गर्ने लगाएतका विभिन्न सवालमा दलहरुबीचको सहमति महत्वपूर्ण रहेको बताए ।
एजेन्सी
Comments