बंगलादेशमा तत्काल चुनाव गराउन पूर्व प्रधानमन्त्री खालिदा जियाको माग
बंगलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाले तत्काल चुनाव गराउन माग गरेकी छन् । उनले भिडियो सन्देश मार्फत अन्तरिम सरकारले चुनावका लागि तत्काल काम गर्नु पर्ने बताएकी हुन् ।
तत्कालीन प्रधानमन्त्री शेख हसिना बाजेदले राजीनामा दिएर देश छोडेपछि बंगलादेशको संसद् पनि विघटन भइसकेको छ । आजै अन्तरिम सरकारका प्रमुख सहितका सदस्यहरुले सपथ लिने कार्यक्रम छ ।
जियाले शान्ति र एकताका लागि सबैमा आह्वान गर्दै सबै धर्म, जाति र परिचयका मानिसलाई सुरक्षाको सुनिश्चितता गर्न पनि भिडियोमार्फत आग्रह गरेकी छन् ।
नेतृ जियाले तीन मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै अब माया, शान्ति र ज्ञानको समाज बनाउने सुनाएकी छन् । हसिना भारत निर्वासनमा गए लगत्तै जिया थुनाबाट छुटेकी हुन् । जिया यसअघि बंगलादेशमा तीनपटक प्रधानमन्त्री भइसकेकी छन् ।
एजेन्सी
Comments