हेलिकोप्टरमा सवार पाँचै जनाले ज्यान गुमाएको पुष्टि

हेलिकोप्टरमा सवार पाँचै जनाले ज्यान गुमाएको पुष्टि भएको छ ।

बुधबार दिउँसो सभा १ बजे रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा त्यहाँ सवार पाँचै जनाको ज्यान गएको पुष्टि भएको हो ।

गुर्जेभन्ज्याङ अस्थायी प्रहरी पोस्टका हवल्दार राजन खत्रीले दुर्घटनास्थलमा पाँचवटा शव भेटिएको बताए । “४ पुरुष र १ महिलाको शव फेला परेको छ । हेलिकोप्टर खोल्सामा खसेको रहेछ । त्यसैले शव निकाल्न पनि गाह्रो भइरहेको छ,” उनले भने ।

हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने अन्य चारजना चिनियाँ पर्यटक सवार थिए । पाँच शव भेटिएसँगै उनीहरू सबैको मृत्यु भएको पुष्टि भएको हो ।

हेलिकोप्टरमा क्याप्टेन मल्लसहित चिनियाँ पर्यटकहरू यियाद वु, जुदाड टाङ, जी लि र जेमिङ सी सवार थिए ।

घटनास्थलमा पर्यटनमन्त्री बद्री पाण्डे पुग्दैछन् । त्यहाँ पुगेर उनले घटनाबारे जानकारी लिनेछन् ।

एजेन्सी

Comments

Back to top