नोबेल पुरस्कार बिजेता डा. युनिस बंगलादेशको अन्तरिम सरकार प्रमुख चुनिए

नोबेल पुरस्कार बिजेता डा.  मुहम्मद युनिस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् ।

प्रदर्शनकारीको चाहना बमोजिम युनिसलाई सरकार प्रमुख बनाइएको हो ।

राष्ट्रपति भवनमा भएको एक बैठकले युनिसलाई अन्तरिम सरकारको प्रमुख चुनेको निर्णय गरेको हो ।

राष्ट्रपतिसँगको बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखको सहभागिता थियो । गरिबी विरुद्ध लडेका कारण युनिसलाई नोबेल शान्ति पुरस्कार प्राप्त भएको थियो ।

‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

यद्यपी उनी अहिले उपचारका लागि फ्रान्समा छन् । सरकार प्रमुखमा चुनिएपछि उनी स्वदेश फर्किने तयारीमा रहेको ढाका ट्रिब्यूनले जनाएको छ ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिन्छन् । कुनै बेला युनुसले पार्टी खोल्ने तयारी समेत गरेका थिए ।

सोही कारण पनि हसिना युनुसप्रति आक्रामक हुने गर्थिन् ।

गत जनवरीमा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।

एजेन्सी

Comments

Back to top