सुरक्षा माग्दै बंगलादेशमा प्रहरीले घोषणा गर्यो हड्ताल
बंगलादेशमा प्रहरीले हड्तालको घोषणा गरेको छ । बंगलादेश पुलिस सर्भिस एसोसिएशनले विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेको हो ।
‘प्रहरीका प्रत्येक सदस्यको सुरक्षा नहुँदासम्म हामी हडतालको घोषणा गर्दैछौं ।’ विज्ञप्तीमा भनिएको छ ।
उक्त एसोसिएशनमा हजारौं प्रहरी अधिकारीहरू आबद्ध छन्। शेख हसिनाले राजीनामा दिएर भागेपछि सोमबार ४५० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको थियो । झडपमा प्रहरी अधिकारीसमेत मारिएका थिए ।
मंगलबार ढाकामा सवारीसाधनहरू चल्न थालेको भए पनि सडकमा ट्राफिक प्रहरीहरू नदेखिएको डेली स्टारले जनाएको छ। तर, केही क्षेत्रमा ट्राफिकलाई निर्देशन गर्ने विद्यार्थीहरू देखिएका थिए ।
एजेन्सी
Comments