नेप्सेमा १४५.०५ अंकको गिरावट, २३३ कम्पनीको सेयर मुल्य घट्यो !

मंगलबार नेप्से परिसूचक १४५.०५ अंकले घटेर २,६५१.३२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२२ कम्पनीको कुल ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता सेयरको करिब २३ अर्ब ७१ करोड ६७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८ कम्पनीको सेयर मूल्य बढेको छ, २३३ कम्पनीको मूल्यमा गिरावट छ भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा थ्रीस्टार हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। सात कम्पनीको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकम र भोल्यूमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ३९ करोड ७८ लाख बराबरको सेयर कारोबार भएको छ। 

Comments

Back to top