जोन डी. रकेफेलरको सफलता

स्ट्याण्डर्ड आइल कम्पनीका संस्थापक तथा प्रख्यात अमेरिकी उद्योगपति जोन डी. रकेफेलर एकदमै कम शिक्षित थिए । १६ वर्षको उमेरमा उनले बुककिपरको काम गर्न थाले। उनको मनमा व्यापार गर्ने सपना थियो । त्यसैले २३ वर्षको उमेरमा तेल व्यापारको क्षेत्रमा पाइला राखे । आफ्नो बुद्धिको कारणले आफ्ना सबै प्रतिस्पर्धिलाई हराउँदै रकेफेलर अमेरिकाको ९० प्रतिशत तेल प्रशोधन केन्द्रका मालिक बने ।

धनी बन्न उनी दिन रात काममा जुटिरहन्थे । आफ्नो दृढ इच्छा शक्ति, जुझारु प्रवृत्ति, लगन तथा प्रतियोगी स्वभावका कारण उनी अमेरिकाको तेल क्षेत्रको राजा बन्न सफल भए । उनी चौबिसै घण्टा कामको बारेमा सोचिरहन्थे । मोजमस्ती र मनोरञ्जनमा उनी एकै क्षण पनि समय बिताउँदैनथे । उनी कहिल्यै नाटकघर जाँदैनथिए, तास खेल्दैनथे, पार्टीमा जाँदैनथे, उनको लागि काम नै सबैथोक थियो । एकनिष्ठ भएर आफ्नो लक्ष्यको पछि लागेकै कारण उनी अर्वपति बन्न सफल भए ।

चिन्ता, तनाव र दबाबपूर्ण जीवनशैलीको कारण उनको शरीरमा खराब प्रभाव प¥यो । उनी बिरामी परे । डाक्टरले उनलाई या त कामबाट रिटायर्ड हुन या मर्ने तयारी गर्न सुझाव दिए । जीवनको अन्त्यतिर आएपछि यो महसुस भयो कि पैसा महत्वपूर्ण त हो तर यो साध्य हैन, समाधान मात्रै हो। उनले चिकित्सा तथा शिक्षाको विकासको लागि लगभग ५५ करोड डलर दान दिए । उनले रकेफेलर फाउण्डेशनको स्थापना गरे जसले आज पनि दुनियाँभरिका बिरामी तथा अशिक्षितको सेवा गर्दै आइरहेको छ ।

एजेन्सी

Comments

Back to top