सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै गएपछि ३ सय २३ जना पक्राउ

सिङ्गापुरमा अनलाइन ठगीका घटना बढ्दै गएपछि प्रहरीले सयौँ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । सिंगापुरको प्रहरीले जुलाई १९ देखि अगस्ट १९ सम्म तीन सय २३ जना संदिग्धमाथि अनुसन्धान गरिरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । पक्राउ परेका तीन सय २३ जना ११ सय वटाभन्दा धेरै घटनामा संलग्न रहेका प्रहरीको दाबी छ ।

ई–कमर्स घोटाला, लगानी घोटाला, साथीको नक्कली अकाउन्ट बनाएर फिरौती असुल्ने, इन्टरनेटको माध्यमबाट प्रेमजालको घोटाला र जागिर लगाइदिने भन्दै अनलाइनबाट पैसा असुली गरेको आरोप उनीहरुमाथि छ ।

पीडितले अनलाइन ठगीबाट १० मिलियन सिङ्गापुर डलर अर्थात् झन्डै एक अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति गुमाएको बताएका छन् । 

एजेन्सी

Comments

Back to top