सोमालियाको समुद्री तटमा अल–शबाबको आक्रमण, ३२ जनाको मृत्यु
सोमालियाको राजधानी मोगादिशुको समुद्र तटमा अल–शबाबले गरेको आत्मघाती आक्रमणमा परी ३२ जनाको मृत्यु हुनुका साथै कयौँ घाइते भएको प्रहरीले शनिबार जनाएको छ।
अल–कायदासँग सम्बन्धित जिहादीले १७ वर्षदेखि सरकार विरुद्ध विद्रोह गर्दै आएका छन् ।
आक्रमणमा परी ३२ जनाभन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ६३ जना घाइते भएको प्रहरी प्रवक्ता अब्दिफताह अदान हसनले पत्रकार सम्मेलनमा बताए ।
आक्रमणकारीले नागरिकलाई लक्षित गरी गरेको विस्फोटले आक्रमणकारीको निशानामा सरकारी केन्द्र, सैनिक र अधिकारी मात्र नभई नागरिक पनि परेका छन् भन्ने प्रष्ट भएकोे प्रहरी प्रवक्ता हसनले उल्लेख गरेका छन् ।
आक्रमणको जानकारी दिँदै प्रत्यक्षदर्शीले विस्फोट हुँदा घटनास्थलमा धेरै मानिसहरू रहेको बताएका छन् ।
अल–शबाबले मोगादिशुलगाथत देशको अन्य भागमा भएका बम विस्फोट र आक्रमणको जिम्मेवारी लिएको छ भने सरकारले इस्लामिक उग्रवादीहरू विरुद्ध आक्रमण गर्न दबाब दिइरहेको छ ।
एजेन्सी
Comments