हमासका सैन्य प्रमुखकाे इजरायली आक्रमणमा ज्यान गएको पुष्टि
हमासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ। १३ जुलाईमा गाजामा इजरायलले गरेको आक्रमणमा उनको ज्यान गएको पुष्टि भएको हो ।
इजरायलले यसअघि नै जेइफको ज्यान गएको बताए पनि हमासले अस्वीकार गर्दै आएको थियो । इजरायली सेनाले त्यो आक्रमणमा हमासका अर्का कमान्डर राफा सालेमेह पनि मारिएको जनाएको थियो ।
यसअघि अस्ति राति हमासका शीर्ष नेता इस्माइल हानियाको इरानमा हत्या भएको थियाे । इजरायलले नै हानियाको हत्या गरेको भन्दै बदला लिने इरानले चेतावनी दिएको छ ।
पछिल्लो समय इजरायलले लेबनानमा हिजबुल्लाहका नेता र विभिन्न ठाउँमा हमासका नेताहरूको हत्या गरिरहेको छ । इजरायलको कदमका कारण मध्यपूर्वमा ठूलो तनाव हुन सक्ने डर बढेको छ ।
एजेन्सी
Comments