मारुती सुजुकीको नाफा ४७ प्रतिशतले बढ्यो

आर्थिक वर्ष २०२४/२५ को पहिलो त्रैमासिकमा मारुती सुजुकीको नाफा वार्षिक रूपमा ४७ प्रतिशत बढेर ३,६५० करोड रुपैयाँ भारु पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको स्ट्यान्डअलोन नाफा २ हजार ४ सय ८५ करोड रुपैयाँ भारु थियो । मारुती सुजुकीले जुलाई ३१ मा पहिलो त्रैमासिकको नतिजा सार्वजनिक गरेको छ । कम्पनीको सञ्चालनबाट हुने स्ट्यान्डअलोन राजस्व वार्षिक आधारमा १० प्रतिशतले बढेको छ ।

पहिलो त्रैमासिक अवधिमा मारुती सुजुकीले कुल ५,२१,८६८ गाडी बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा ४.८ प्रतिशत बढी हो।

अप्रिल/जुन त्रैमासिकमा कम्पनीले घरेलु बजारमा ४,५१,३०८ सवारीसाधन बिक्री गरेको छ, जुन आर्थिक वर्ष २०२४ को पहिलो त्रैमासिकको तुलनामा ३।८प्रतिशत बढी हो। कम्पनीको निकासी ७०,५६० युनिट थियो ।

एजेन्सी

Comments

Back to top