बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले ६४ सांसदको मत पाएका हुन् ।
११० सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिए । जुन बहुमत हो ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । मतदानमा नेमकिपा तटस्थ बसेको छ ।
त्यसअघि लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।
एजेन्सी
Comments