आफ्नै मृत्युबारे भविष्यवाणी गर्ने स्वामी विवेकानन्द, पढ्नुस् १० रोचक प्रसङ्ग

भारतका आध्यात्मिक गुरु विवेकानन्दको पूरा जीवन बुझ्न र मनन गर्न योग्य छ । उनको अध्यात्मिक जीवनमा निकै महत्वपूर्ण रह्यो । तपाईलाई यो सुन्दा अचम्म लाग्दा कि विवेकानन्दले निकै पहिले नै आफ्नो मृत्युबारे भविष्यवाणी गरेका थिए । उनीबारेका १० रोचक तथ्य पढ्नुस् ः

१.स्वामी विवेकानन्दको जन्म कलकत्ताको कायस्थ परिवारमा भएको थियो । उनको बाल्यकालको नाम नरेन्द्रनाथ दत्त थियो। उनका बाबु विश्वनाथ दत्त कलकत्ता हाईकोर्टमा वकिल थिए, आमा भुवनेश्वरी देवी धार्मिक विचार राख्ने महिला थिइन्।

२. नरेन्द्रनाथ १८७१ मा आठ वर्षको उमेरमै विद्यालय गए । १८७९ मा उनले प्रेसिडेन्टी कलेजको प्रवेश परीक्षामा पहिलो स्थान हासिल गरे । 

३.उनी २५ वर्षको उमेरमा घर छाडेर सन्यासी बनेका थिए । सन्यास लिएपछि उनको नाम विवेकानन्द रह्यो । 

४.रामकृष्ण परमहंस र स्वामी विवेकानन्दको पहिलो भेट १८८१ मा कलकत्ताको दक्षिणेश्वरको काली मन्दिरमा भएको थियो । परमहंसले उनलाई शिक्षा दिएका थिए । सेवा दान होइन, बरु सारा मानवतामा निहित ईश्वरको सचेतन आराधना हुनुपर्छ भनेर उनले बुझाएका थिए । 

५.विवेकानन्दले जब रामकृष्णलाई भेटे, तब उनले सोधेका थिए, ‘के तपाईले भगवान् देख्नुभएको छ ?’ रामकृष्ण परमहंशले जवाफ दिए, ‘देखेको छु, मैले भगवान्लाई त्यति नै स्पष्टसँग देखेको छु, जति तिमीलाई देख्नसक्छु । फरक केवल यति छ कि म उनलाई तिमीभन्दा धेरै गहिराईमा गएर महसुस गर्नसक्छु ।’

६.अमेरिकामा भएको धार्मिक सभामा जब स्वामी विवेकानन्दले ‘अमेरिकाका दाजुभाई–दिदी बहिनी’ भनेर सम्बोधन गर्न थाले, तब २ मिनेटसम्म आर्ट इन्स्टिच्युट अफ शिकागोमा निरन्तर ताली बजिरह्यो । ११ सेप्टेम्बर १८९३ को यो दिन ऐतिहासिक मानिन्छ । 

७.स्वामी विवेकानन्दले १ मई १८९७ मा कलकत्तास्थित रामकृष्ण मिशन र ९ डिसेम्बर १८९८ मा गंगा नदीको किनारस्थित बेलूरमा रामकृष्ण मठको स्थापना गरेका थिए । 

८.विवेकानन्दको जन्मजयन्तीको सम्झना गर्दै हरेक दिन १२ जनवरीमा भारतमा राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ । १९८५ देखि स्वामीको जन्मजयन्तीलाई युवा दिवसका रुपमा मनाउन थालिएको हो । 

९.स्वामीजीलाई दम र सुगर थियो । यसैलाई लिएर उनले भनेका थिए, ‘यी रोगहरुले मलाई ४० वर्ष पनि कट्न दिदैंनन्।’ आफ्नो मृत्युबारेको उनको यो भविष्यवाणी सही निस्कियो । ३९ वर्षको उमेरमा ४ जुलाई १९०२ मा बेलूरस्थित रामकृष्ण मठमा ध्यानमग्न अवस्थामा उनले महासमाधि धारण गरेर प्राण त्यागे । 

१०.स्वामी विवेकानन्दको अन्तिम संस्कार बेलूरमा गंगा किनारमा गरिएको थियो । ठिक त्यही ठाउँको विपरित किनारमा जहाँ उनका गुरु रामकृष्ण परमहंसको अन्तिम संस्कार गरिएको थियो । 

एजेन्सी

 

 

Comments

Back to top