भेनेजुएलाको राष्ट्रपतिमा तेस्रो पटक निकोलस मदुरो विजयी
भेनेजुएलाका वर्तमान राष्ट्रपति निकोलस मदुरो आउँदो कार्यकालका लागि पनि निर्वाचित भएका छन् । आज बिहान सकिएको मतगणनामा मदुरो ५१ दशमलव २० प्रतिशत मत प्राप्त गरेर विजयी भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रिय निर्वाचन परिषद्का प्रमुख एल्विस अमोरोसोले मदुरोले ५१ दशमलव २० र उनका मुख्य प्रतिस्पर्धी एडमन्डो गोन्जालेजले ४४ प्रतिशत मत पाएको घोषणा गरेका छन् । तर विपक्षी पार्टीले चुनावमा धाँधली भएकाले परिमाण अस्वीकार गर्ने चेतावनी दिएको छ ।
चुनावअघिका जनमत सर्वेक्षणले गोन्जालेजलाई मदुरोभन्दा निकै अघि रहेको देखाएका थिए । लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएपछि निकोलस मदुरोले आफ्नो जीतलाई शान्ति र स्थिरताको जीत भएको बताएका छन् । उनले भेनेजुएलाको निर्वाचन प्रणालीको प्रशंसा गर्दै विपक्षीले हरेक चुनावमा भन्ने गरेको धाँधलीलाई अनावश्यक चिच्याहटको संज्ञा दिएका छन् ।
एजेन्सी
Comments