गुराँस लघुवित्तको नाफामा १ हजार ४५० प्रतिशत छलाङ

गुराँस लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को चौथौं त्रैमास खुद नाफा १ हजार ४५० प्रतिशत बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ आर्जन गरेको छ ।

अघिल्लो  वर्षको  सोही अवधिमा लघुवित्तले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा लघुवित्तधको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ छ।

लघुवित्तले आफ्नो खराब कर्जा (एनपीएल) उल्लेख्य घटाएको छ । अघिल्लो वर्ष ६.३६ प्रतिशत रहेको खराब कर्जा गत असारमा २.४६ प्रतिशतमा झारेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी बढेर २५.६१ रुपैयाँ छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४६.५२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ र जगेडा कोष ४ करोड ७१ लाख रुपैयाँ छ ।

साथै गत वर्ष लघुवित्तले सापटि १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ र निक्षेप ३४ करोड ९४ लाख रुपैयाँ संकलन गरी १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

एजेन्सी

Comments

Back to top