कांग्रेस र एमालेबीच कोशीमा बराबर मन्त्रालय लिने सहमति
नेपाली कांग्रेस र नेकपा एमालेबीच कोशी सरकारको बराबर मन्त्रालय लिने सहमति भएको छ । शनिबार काठमाडौंमा दुई दलका नेताहरुबीच भएको बैठकले आठ मन्त्रालयमध्ये ४–४ वटा बाँडफाँड गर्ने सहमति गरेको नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
उनका अनुसार कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना रहनेछन् ।
मन्त्रालय भागवण्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको बताइएको छ । उनका अनुसार कांग्रेस सोमबार सरकारमा सहभागी हुने तयारीमा रहेको ।
बैठकमा कांग्रेसले सरकारको नेतृत्व पनि आलोपालो गर्नुपर्ने प्रस्ताव गरेपनि सहमति भने भएन । सो विषयमा केन्द्रीय नेतृत्वको निर्णय अनुसार अघि बढ्ने बताइएको छ ।
उनीहरुबीच संसदीय समितिको नेतृत्वमा पनि भागबण्डा भएको छ । प्रदेशमा रहेको सात वटा विषयगत समितिमध्ये एउटा समिति प्रतिपक्षी दललाई छाडेर बाँकी ३–३ वटा बाँडफाँड गर्ने सहमति भएको प्रमुख सचेतक भण्डारीले बताए ।
एजेन्सी
Comments