मृत्युदण्ड सजाय सुनाइएका दुई नेपालीलाई यूइईको अदालतले दियो सफाइ

संयुक्त अरब इमिरेट्स (यूएई) मा मृत्युदण्डको सजाय सुनाइएका दुई जना नेपालीले सफाइ दिइएको छ ।

पाँच वर्षअघि एक नेपालीको हत्या अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका उनीहरुलाई बुधबार यूइईको अदालतले सफाइ दिएको हो ।

सफाइ पाउनेमा  ओखलढुंगाका भुवन श्रेष्ठ र धादिङका पहलमान थापा रहेका छन् ।

२०१९ जुन ३ मा  नवलपरासीका बाबुराम आलेमगरको हत्या आरोपमा श्रेष्ठ र थापालाई यूएईको उच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

मृतकका परिवारलाई ब्लडमनीबापत् १ करोड १३ लाख बुझाएपछि  गत बुधवार उनीहरु यूएईको जेलबाट रिहा भएको बताइएको छ ।

एजेन्सी

Comments

Back to top