एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । हाललाई यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र बबरमहल काठमाडौंमा रहेको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र खरिद आवेदन नपरेको खण्डमा सो शेयर सर्वसाधारणका लागि बिक्री गरिने बैंकले जनाएको छ ।

Comments

Back to top