नेक्सजेन म्यानेजमेन्टले एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि. ले कम्पनीहरूलाई एकद्वार प्रणालीबाट विशेषज्ञ सेवा दिने कार्यक्रम घोषणा गरेको छ ।

देश अहिले आर्थिक शिथिलताबाट गुज्रिरहेको छ । अधिकांश साना ठुला कम्पनीहरू केही न केही समस्यामा छन् । यस्तो प्रतिकूल परिस्थितिमा सहयोग हुने गरि २०८१/८२ को लागि कम्पनीले नौलो किसिमको सेवा लिएर आएको छ ।
नेपालमा अहिले ३ लाख २४ हजार १८६ प्राइभेट लिमिटेड र २ हजार ५३ वटा लिमिटेड कम्पनीहरू दर्ता भएका छन् ।

ठूलो संख्यामा कम्पनीहरू संचालनमा रहेतापनि कम्पनी ऐनको ब्यवस्थाहरूको बारेमा अधिकांश संचालनकर्तालाई जानकारी नै हुँदैन। त्यसैगरि संचालनको क्रममा आवश्यक लेखा प्रणाली, व्यवस्थापन, बजारीकरण, अटोमेसन, वित्तिय संस्थाबाट लिने सेवा तथा संचालक समिति र साधारणसभाबाट गर्नुपर्ने काम कर्तब्यको जानकारी नै छैन । यी सबै काम समयमा नहुँदा समस्याका साथै मानसिक तनाव ब्यहोर्दै समय र खर्च अत्याधिक लागिरहेको छ ।

कुन सेवाको लागि को मानिस, कहाँ र कति खर्चमा पाइन्छ थाहा छैन । स्टार्ट अप र नयाँ ब्यवसाय गर्नेहरू झनै पिडित छन् । यिनै समस्याहरू समाधानको लागि एकद्वार प्रणालीबाट न्युनतम् शुल्कमा आवश्यक सबै सेवाहरू दिने गरि नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले एकद्वार प्रणाली सेवा ल्याएको छ ।

अब कम्पनी ब्यवस्थापन गर्न, लेखा प्रणाली र परिक्षण गर्न, सफ्टवेयरबाट अटोमेशन गर्न, बैंक फाइनान्स बाट कर्जा लिन र चुक्ता गर्न, कानुनी सल्लाह लिन भौंतारिरहनु नपर्ने बताइएको छ ।

साथै त्रैमासिक रूपमा पोर्टफोलियो, डेब्ट इक्विटी र फाइनान्सियल रिभ्यु रिपोर्ट लिन सकिन्छ । त्यसैगरि बिभिन्न सन्दर्भमा संचालक समिति र साधारण सभाले गर्नुपर्ने निर्णयहरू तथा कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी ऐन बमोजिम पेश गर्नु पर्ने कार्यहरू पनि गर्न गराउन बिभिन्न ठाउँमा जानु पर्दैन ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कम्पनीलाई चाहिने आवश्यक सबै विशेषज्ञ सेवाहरू एउटै कार्यालयमा एउटै शुल्कबाट उपलब्ध गराउनेछ । यो सेवाबाट विशेष गरि साना र मझौला कम्पनीरू लाभान्वित हुनेछन् । समय र खर्चको बचत हुने तथा मानसिक तनावबाट मुक्त हुँदा ब्यवशाय बृद्धिमा केन्द्रित हुन मद्दत पुग्ने विश्वास छ ।

एजेन्सी

Comments

Back to top