वर्षात्‌को समयमा जुका पार्न सक्ने तरकारी

वर्षात्‌को मौसममा खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ । किनकि, यस मौसममा ब्याक्टेरियल तथा फंगल संक्रमण तीव्र गतिमा बढ्छन् ।

आउनुहोस्, जानौं स्वस्थ रहनका लागि यस मौसममा कुनकुन तरकारी नखाएको राम्रो हुन्छ ।

भान्टा

वर्षात्‌को बेला भान्टाको सेवन धेरै नगरेको राम्रो हुन्छ । यसमा अल्कलाइड पाइन्छ, जसले शरीरको एसिडिक लेवल बढाउँछ । यो खाँदा फूड प्वाइजनिंग, चिलाउने, एलर्जी, संक्रमण जस्ता समस्या हुन सक्छन् ।

भिन्डी

वर्षात्‌को मौसममा भिन्डीको सेवन पनि धेरै फाइदाजनक हुँदैन । किनकि यसमा वर्षातको बेला किरा पर्ने गर्छन् र धेरै च्यापच्याप पनि हुन्छ ।

सिमी

मौसमका कारण हरियो सिमीमा किरा पर्छन् । जसले गर्दा यसलाई राम्रोसँग नपकाएर खाँदा पेटमा पनि किरा पर्ने सम्भावना हुन्छ ।

च्याउ

कतिपय च्याउमा यस मौसममा चिसोले गर्दा किरा पर्छन् । अत्यधिक किरा तथा फंगस आउने भएकाले बर्षातमा च्याउ धेरै नखाएको राम्रो हुन्छ । यसले पेटमा किरा तथा जुका पर्ने सम्भावना हुन्छ ।

गोभी

कुनै पनि प्रकारका गोभी यो मौसमका लागि फाइदाजनक हुँदैनन् । सबै प्रकारका गोभी मौसमी तरकारीभित्र पर्दैनन्, जसले गर्दा अत्यधिक विषादी प्रयोग गरिएको हुन्छ । यो धेरै किरा पर्ने तरकारीभित्र पर्दछ ।

जरा भएको तरकारी

यो मौसममा जरा भएको तरकारी जस्तै- गाजर, सलगम, मुला आदि पनि कम खानु पर्छ । यस मौसममा माटो धेरै ओसिलो हुने भएकाले यस्ता तरकारी छिटै गल्ने तथा कुहिने हुन्छ । ताजा भेटियो भने मात्रै यस्ता तरकारी खानु पर्छ ।

एजेन्सी

Comments

Back to top