आँखुखोला जलविद्युत कम्पनीले साउन २७ देखि हकप्रद निष्कासन गर्दै

आँखुखोला जलविद्युत कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ः१.५ अनुपातमा (अर्थात् १ कित्ता शेयर बराबर नयाँ १.५ कित्ता) प्रतिशेयर १०० अंकित दरका एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ छ । कम्पनीले उक्त पुँजीको १०० अंकित दरमा साविकका शेयरधनीका लागि ८० लाख कित्ताको १ः१.५ अनुपातले हुन आउने एक करोड २० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रदमा साउन २७ गतेदेखि भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद प्रयोजनार्थ कम्पनीले साउन १ गते बुकक्लोज गरिसकेको छ । यसर्थ, असार ३१ गतेसम्म कायम शेयरधनीले कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् । कम्पनीको हकप्रद निष्काशक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

एजेन्सी

Comments

Back to top