थाइराइड बढाउन सक्ने पाँच तरकारी
तौल बढ्दा तथा हर्मोनमा गडबडी हुँदा थाइराइडको समस्या बढ्न थाल्छ । प्रायः उमेरसँगै महिलामा थाइराइड बढ्ने वा कम हुने समस्या धेरै देखिन्छ ।
यो सन्तुलित बनाइराख्न खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ। केही तरकारीको सेवनले थाइराइडको समस्या अझै बढ्न सक्छ ।
फूलगोभी
थाइराइडको समस्या भएकाले फूलगोभी खानबाट बच्नुपर्छ । यसले समस्या बढ्न सक्छ ।
ब्रोकाउली
ब्रोकाउली त्यसो त स्वास्थ्यका लागि निकै राम्रो हो । तर, थाइराइडको समस्या भएकाले यसको सेवन गर्नु हुँदैन ।
बन्दागोभी
थाइराइडका बिरामीले बन्दागोभीको सेवन पनि गर्नु हुँदैन । यसले तपाईंको समस्या अझै बढ्न सक्छ ।
क्वाँटी
स्वस्थ रहनका लागि क्वाँटी खानुहुन्छ तर, यदि तपाईं थाइराइडको बिरामी हुनुहुन्छ भने क्वाँटी पनि खानु हुँदैन ।
मूला
थाइराइडको समस्या भएकाहरुले मुलाको सेवन गर्नु हुँदैन । यो खाँदा थाइराइड हर्मोन असन्तुलित हुन सक्छन् ।
एजेन्सी
Comments