तुरुन्तै ऊर्जा पाउनका लागि प्रभावकारी ड्राईफ्रुट

कतिपय मानिसको शरीरमा पोषक तत्वको कमीले गर्दा कमजोरी र थकानको समस्या हुन्छ । खानपानमा पोषक तत्वको कमी र असन्तुलनले शरीरमा कमजोरी र थकान हुन्छ ।

दिनभर काम गर्न शरीरमा ऊर्जाको आवश्यकता पर्दछ तर, सही खानपान नहुँदा यो सम्भव हुन पाउँदैन । कमजोरी र थकानको कारणले मानिसको दिनचर्या नै प्रभावित भइरहेको हुन्छ । दिनचर्या प्रभावित हुँदा सधैँ आलस र थकान पनि हुन्छ।

किसमिसमा भिटामिन, मिनरल्स, फाइबर समेत थुप्रै पोषक तत्व हुन्छन्, जसले शरीरलाई भित्रैदेखि बलियो बनाउने र इम्युनिटी पनि राम्रो बनाउँछ ।

किसमिसमा थुप्रै एन्टीअक्सीडेन्ट्स पाइन्छन्, त्यसैले यसले तपाईंको छाला राम्रो हुन्छ । त्यस्तै, किसमिस तौल कम गर्न पनि सहयोगी हुन्छ । किनकि यसमा फाइबर हुन्छ । यसले मेटाबोलिज्म बलियो बनाउँछ ।

किसमिसले शरीरमा रगतको कमी हुन दिँदैन । यसमा धेरै मात्रामा पोषक तत्व हुन्छन् जसले एनीमिया जस्ता रोगबाट पनि बचाउँछ ।

६ देखि ७ वटा किसमिस रातभर पानीमा भिजाउनुहोस् र बिहान उठेपछि खाली पेट उक्त पानी पिउनुहोस् । यसले धेरै फाइदा गर्छ ।

एजेन्सी

Comments

Back to top