दाल नखाँदा शरीरमा के असर हुन्छ ?

दालमा विभिन्न पोषक तत्व पाइन्छन् । यो प्रोटिनको राम्रो स्रोत हुन्छ ।

यहाँ प्रश्न उठ्छ कि यदि तपाईंले एक महिनाका लागि दाल खान बन्द गर्नुभयो भने यसले शरीरमा कस्तो असर देखाउँछ?

आहारविज्ञका अनुसार शाकाहारी व्यक्तिले दाल अवश्य खानुपर्छ । दाल प्रोटिनको राम्रो स्रोत हो । यसले मांसपेशी बलियो बनाउँछ । फाइबरले पेटलाई स्वस्थ राख्छ । आउनुहोस् जानौं दाल नखाँदा के हुन्छ ?

प्रोटिनको कमीले गर्दा शरीरमा कमजोरी आउन थाल्छ । तपाईंले काम नगरेर पनि थकान महसुस गर्नुहुन्छ र एकदमै धेरै निद्रा लाग्छ ।

दाल नखाँदा शरीरमा प्रोटिनको कमी हुन्छ । यसले मेटाबोलिज्मको प्रक्रिया बिग्रन्छ र तौल बढ्न थाल्छ । यस्तो स्थितिमा मानिसलाई धेरै भोक लाग्न थाल्छ ।

दाल नखाँदा फाइबरको कमी हुन सक्छ । यसले तौल बढ्ने तथा पेटसँग जोडिएका कयौं रोगको खतरा पनि हुन्छ । फाइबरले पेटमा कब्जियत तथा अपच जस्ता समस्याबाट जोगाउँछ ।

दाल नखाँदा हड्डी कमजोर हुन सक्छन् । हड्डी भित्रबाट कमजोर हुन थाल्छन् । प्रोटिनको कमीले मांसपेशी पनि कमजोर हुन्छन् ।

दाल नखाँदा कपाल पनि झर्न थाल्छन् । यसले स्काल्पमा संक्रमण हुने समस्या पनि हुन्छ । यस्तोमा दाल अवश्य खानुहोस् ।

एजेन्सी

Comments

Back to top