साउनका लागि अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर
साउनका लागि अधिकांश वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। अहिलेसम्म प्राप्त ११ वटा वाणिज्य बैंकको सूचना मध्ये ९ वटाले ब्याजदर घटाएका छन् भने २ वटा स्थिर राखेका छ।
वाणिज्य बैंकहरुले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी साउनको ब्याजदरबारे जानकारी गराएका हुन्। वाणिज्य बैंकमध्ये सानिमा, प्रभु, ग्लोबल आइएमई, एभरेष्ट, हिमालयन, नेपाल बैंक, राष्ट्रिय वाणिज्य, सानिमा र सिटिजन्स बैंकले घटाएका हुन्। लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्डले भने स्थिर राखेका छन्।
साउनमा व्यक्तिगत मुद्दतिमा अधिकतम ब्याजदर सानिमाले ६.४ प्रतिशत, प्रभुले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत, एभरेष्टले ६.३ प्रतिशत, हिमालयनले ७.५ प्रतिशत, नेपाल बैंकले ६.२५ प्रतिशत, राष्ट्रिय वाणिज्यले ६.२१ प्रतिशत र सिटिजन्स बैंकले ६.७५ प्रतिशत निर्धारण गरेका छन्।
असारमा व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर सानिमाले ६.४ प्रतिशत, प्रभुले ७ प्रतिशत, ग्लोबल आइएमईले ६.२५ प्रतिशत, एभरेष्टले ६.५ प्रतिशत, हिमालयनले ७.६५ प्रतिशत, नेपाल बैंकले ६.७५ प्रतिशत, राष्ट्रिय वाणिज्यले ६.२२ प्रतिशत र सिटिजन्स बैंकले ६.९ प्रतिशत निर्धारण गरेका थिए।
लक्ष्मी सनराइज, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टले भने असारकै ब्याजदरलाई निरन्तरता दिँदै साउनमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर क्रमशः ६.५ प्रतिशत, ६.३ प्रतिशत र ७ प्रतिशत निर्धारण गरेका छन्।
यसैगरी राष्ट्रियस्तरका विकास बैंकहरुले साउनका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।
उनीहरुले साउनमा व्यक्तिगत मुद्दति निक्षेपमा ७ प्रतिशत ब्याजदर दिने भएका छन्। असारमा राष्ट्रियस्तरका विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.२ प्रतिशत ब्याजदर दिएका थिए।
एजेन्सी
Comments