भारतमा डबल डेकर बस र ट्ंयाकर ठोक्किदा १८ जनाको मृत्यु, १९ घाइते

भारतको उत्तर प्रदेश उनावोमा भएको सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।

अन्य १९ जना घाइते भएका छन् । बुधबार बिहान एउटा बस र ट्यांकर आपसमा ठोक्किएका हुन् ।

भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार सितामढीबाट दिल्ली जादै गरेको डबल डेकर बस र दुध बोकेको ट्यांकर ठोक्किदा बस भित्रका यात्रु उछिट्एिर सडकमा बजारिएका छन् ।

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घाइतेको उपचार प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

एजेन्सी

Comments

Back to top