आयूर्वेद विज्ञानका अनुसार सुत्नु अघि त्रिफला चूर्णको पानी पिउनु फाइदाजनक

विभिन्न प्रकारका औषधिय गुणले भरपूर त्रिफला चूर्ण स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । आयूर्वेद विज्ञानका अनुसार यसलाई मनतातो पानीमा घोलेर पिउन सकिन्छ ।

सुत्नु अघि त्रिफला पानी पिउँदा हुने फाइदाहरु यस्ता छन्–

सुत्नुअघि त्रिफला चूर्णको पानी पिउँदा शरीरमा जमेका टक्सिन बाहिर निकाल्न सहयोग पुग्ने दाबी गरिएको छ । यसको सेवनले बिहान पेट राम्रोसँग सफा हुन्छ । यसले कब्जियत तथा अपच कम गर्छ ।

एन्टीमाइक्रोबियल र एन्टीइन्फ्लामेटरी गुण हुने भएकाले त्रिफला चूर्णको पानीले गिँजा स्वस्थ राख्न सहयोग गर्छ । यसले गिँजामा हुने दुखाई र सुन्निएको कम गर्छ ।

मनतातो पानीमा त्रिफला चूर्ण मिसाएर पिउँदा विभिन्न संक्रमणबाट पनि बच्न सकिन्छ । यसले शरीरको इम्यून सिस्टम बलियो बनाउँछ जसले गर्दा मौसमी रोगबाट बच्न सकिन्छ ।

एन्टीहाइपरग्लाइसेमिक गुण हुने भएकाले त्रिफला चूर्णको पानी पिउनु मधुमेहका बिरामीका लागि पनि लाभदायक मानिन्छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रणमा सहयोग गर्छ ।

छालामा चमक ल्याउन तथा जवान बनाइराख्न पनि दैनिक रुपमा सुत्नुअघि त्रिफला चूर्णको धुलो पानीसँग पिउन सकिन्छ। यसले छालामा निखार ल्याउँछ ।

तौल घटाउन चाहनेका लागि पनि यसको सेवन फाइदाजनक मानिन्छ ।

एजेन्सी

Comments

Back to top