धेरै तातो चियाकफी पिउँदा स्वास्थ्यमा पर्ने असर

कतिपय मानिसको चिया धेरै नै तातो पिउने बानी हुन्छ । उनीहरु चियालाई एकछिन पनि सेलाउन दिँदैनन् । तपाईं पनि यसरी नै चिया कफी पिउने गर्नुहुन्छ भने यो स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

एकदमै तातो चिया र कफी पिउँदा शरीरमा कस्तो असर हुन्छ भन्नेबारे आज जान्नुहोस्-

तातै चिया पिउनुहुन्छ भने यसले तपाईंको शरीर पनि पोलेको महसुस हुन सक्छ । यसले शरीरभित्रका कोषिका ड्यामेज हुन थाल्छन् र शरीरको भित्री भागमा सुन्निने समस्या पनि आउन सक्छ ।

धेरै नै तातो चियाकफी पिउँदा पेटका लाइनिंगहरु ड्यामेज हुन सक्छन् । यसले पाचन प्रणाली पनि बिग्रन सक्छ र शरीरमा आइरन पनि अब्जर्ब हुन पाउँदैन ।

एकदमै तातो चिया पिउँदा तपाईंको घाँटी वा खाना जाने नलीमा समस्या हुन सक्छ । पेटकै जसरी यसको पनि लाइनिंगमा नोक्सान पुग्न सक्छ । जसले गर्दा तपाईं तातो र पिरो चिज खान सक्नुहुनेछैन ।

धेरै तातो चिज पिउँदा एसोफैगल क्यान्सरको खतरा पनि बढ्न सक्छ । जर्नल अफ इन्टरनेशनलको एक अध्ययनअनुसार फूड पाइपमा असामान्य सेल्स बढ्नाले क्यान्सरको समस्या हुन सक्छ ।

एजेन्सी

Comments

Back to top