काँचो प्याज धेरै खानु पनि नोक्सानदायक

गर्मीमा लुबाट बच्नका लागि धेरैले काँचो प्याज खाने गर्छन् । यो स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ तर के तपाईंलाई थाहा छ काँचो प्याजको धेरै सेवन गर्दा शरीरमा कुनै पनि प्रकारको नोक्सान हुन सक्छ ।

काँचो प्याजमा धेरै पोषक तत्वहरु हुन्छन् । यसमा सोडियम, पोटाशियम, फोलेट्स, भिटामिन ए, सी, ई, क्याल्सियम, म्याग्नेशियम, आइरन र फस्फोरस जस्ता पोषक तत्वहरु पाइन्छन् ।

काँचो प्याज धेरै खाँदा एसिडिटीको समस्या हुन सक्छ । काँचो प्याजमा ग्लूकोज र फ्रुक्टोजको मात्रा धेरै हुन्छ । यसले सुगर लेवल बढ्न सक्छ । काँचो प्याज पचाउन एकदमै गाह्रो हुन्छ ।

काँचो प्याजको कारणले साल्मोनेला ब्याक्टेरियल समस्या हुन सक्छ । यो एउटा त्यस्तो स्थिति हो जसले आन्द्राहरुमा असर पार्दछ ।

धेरै मात्रामा काँचो प्याज खाँदा कब्जियत तथा पेट दुख्नो समस्या हुन सक्छ । यसमा फाइबर धेरै हुन्छ । अत्यधिक खानु हानिकारक हुन सक्छ ।

काँचो प्याज धेरै खाँदा छाती पोल्ने समस्या पनि हुन सक्छ । काँचो प्याजमा पोटाशियम हुन्छ । यदी शरीरमा पोटाशियम धेरै भयो भने छाती पोल्ने समस्या हुन सक्छ ।

काँचो प्याज खाँदा स्वास्थ्यका लागि राम्रो भए पनि मुखबाट भने नराम्रो दुर्गन्ध आउने गर्छ । यो जति धेरै सेवन ग¥यो त्यति नै दुर्गन्ध पनि बढ्न सक्छ ।

एजेन्सी

Comments

Back to top