कच्चा तेलको भाउ दुई महिनायताकै उच्च

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ । आन्तर्राष्ट्रिय बेन्चमार्कमा बुधबार साँझ ‘ब्रेन्ट क्रुड’ आयलको मूल्य करिब ८७ डलर प्रतिब्यारेल पुगेको छ । यो मूल्य दुई महिनायताकै धेरै हो ।

अमेरिकामा मुद्रास्फीति दर कम हुँदै गएको र ब्याजदर घट्ने हल्लाको कारण तेलको मूल्य बढेको अनुमान गरिएको छ । यद्यपि अमेरिकी केन्द्रीय बैंकका अध्यक्षले मंगलबार ब्याजदर घट्न मुद्रास्फीति दर घटेको थप डाटा चाहिने बताएपछि ब्याजदर तत्काल नघट्ने सङ्केत देखिएको छ । यसको असर फेरि कच्चा तेलको मूल्य केही घट्ने विश्लेषकहरुले बताएका छन् ।

अर्कोतर्फ गर्मीको मौसममा तेलको माग बढेको र उत्तर अमेरिकातर्फ समुद्री आँधीका कारण आपूर्ति श्रृङ्खलामा अवरोध पर्नसक्ने अनुमान गरिएको कारण तेलको माग बढ्न गई भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

एजेन्सी

Comments

Back to top