फ्याटी लिभर हुँदा अनुहारमा देखिने समस्या

खराब जीवनशैली तथा खानपानमा गरिने लापरवाहीले शरीरमा कयौं गम्भीर समस्या आउन थाल्छन् । गलत खानपानले अहिले फ्याटी लिभरको समस्या पनि आम हुन थालेको छ ।

फ्याटी लिभर छ भने असर अनुहारबाट पनि थाहा पाउन सकिन्छ । किनकी फ्याटी लिभर भएको अवस्थामा अनुहारमा विभिन्न खाले समस्या देखिन सक्छन् ।

चिलाउने समस्या

फ्याटी लिभर हुँदा शरीरमा पित्तको मात्रा बढ्छ जसले गर्दा अनुहार चिलाउने समस्या हुन थाल्छ । यदि तपाईंलाई पनि पटक पटक चिलाउने समस्या भइरहेको छ भने बेवास्ता नगर्नुहोस् । तुरुन्त डाक्टरसँग सल्लाह लिनुहोस् ।

छाला पहेंलो हुनु

जन्डीस बाहेक लिभरमा खराबी हुँदा पनि अनुहार पहेंलो देखिन थाल्छ । त्यसैले समयमै चेकजाँच गराउनु पर्दछ । जसले गर्दा उपचार पनि समयमै होस् ।

आँखाको तल्लो भाग सुन्निने

पर्याप्त निद्रा नलिँदा वा तनावको कारणले पनि आँखाको तल्लो भाग सुन्निने गर्छ । तर यदि लामो समय यस्तो समस्या भइरहेको छ भने यो लिभरमा भएको समस्याले गर्दा पनि हुन सक्छ । लिभरमा फ्याट जम्मा हुँदा पफी आइजको समस्या हुन थाल्छ ।

डन्डीफोर

चिल्लो छालाको कारणले छालामा डन्डीफोर हुन थाल्छ । छालामा जमेको फोहोरलाई सफा नगर्दा पनि अनुहारमा डन्डीफोर हुने गर्छ । यसबाहेक फ्याटी लिभरको समस्या हुँदा पनि अनुहारमा डन्डीफोर तथा घाउ आउने गर्छ ।

छाला रातो हुने

फ्याटी लिवरको समस्या भएको बेला अनुहारको छालामा रातो रातो धर्साजस्तो देखिने गर्छ । लिभरले राम्रोसँग काम गर्न नपाउँदा छालामा एलर्जी जस्ता समस्या देखिन्छन् ।

एजेन्सी

 

Comments

Back to top