एनआइसी एसिया बैंकले पोखराबाट उद्घाटन गर्‍यो मास्टरकार्ड सेवा

एनआइसी एसिया बैंकले पोखराबाट मस्टरकार्ड डेविटकार्डको सुरुआत गरेको छ । योसँगै अब पस टर्मिनल र एटिएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ ।

अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।

उनका अनुसार यो सेवापछि कारोबार सुरक्षित हुने विश्वास लिइएको छ । ‘यसबाट हाम्रो सेवालाई अझै सुरक्षित र सहज बनाउने छ । सेवाग्राहीले विना झन्झट सेवा लिन पाउनेछन्,’ उनले भने, ‘हाम्रो लागि पनि यो महत्त्वपूर्ण र ठुलो उपलब्धि हो । ‘

यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्ने उनले बताए ।

एजेन्सी

Comments

Back to top