फुडमाण्डुको “मनसुन म्याजिक” क्याम्पेनको सुरुवात

नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘मनसुन म्याजिक’ नामक क्याम्पेन लिएर आएको छ ।

यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले वर्षाको समयमा बाहिर निस्कनुको साटो घरमै बसी आफूलाई मनपर्ने खानाको मजा लिन सक्नुहुनेछ’ । ‘भोक र झरी ? डन्ट वरी ……बिकज फुडमान्डुमा अफर असारै भरी !!’ भन्ने मुख्य सन्देशका साथ फुडमान्डुले ग्राहकहरुलाई ७०% सम्मको भारी डिस्काउन्ट प्रदान गर्दैछ ।

साथमा सेल्स अफर अन्तर्गत ग्राहकहरुले फ्ल्याट डिस्काउन्ट, बिग प्याक, कम्बो डिल्स, बोगो र मिस्ट्री बक्स जस्ता अफरहरु काठमाडौं, चितवन र पोखराका ४० भन्दा धेरै रेस्टुरेण्टहरुबाट पाउन सक्नु हुनेछ ।

फुडमान्डुकी ब्रान्ड एंड मार्केटिङ मेनेजर, ईनेशा भट्टराईले भन्नुभया्े, “यस क्याम्पेन मार्फत मनसुनको समयमा हाम्रा ग्राहकहरूलाई यस्ता अफरहरु प्रदान गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं ।

हामी सधैं उत्कृष्ट खाना र डेलिभरीद्वारा आफ्ना ग्राहकहरूलाई सेवा दिने प्रयासमा निरन्तर नै लागिरहेका हुन्छौँ । ‘मनसुन म्याजिक’ ले ग्राहकहरुलाई थप सहज र सरल सेवा प्रदान गर्नेछ भन्नेमा हामी ढुक्क छौँ ।”

सेल्स अफरका साथसाथै फुडमाण्डुले 'मनसुन म्यजिक' नामक भौचर डिस्काउन्ट पनि उपलब्ध गराउने छ जस अन्तर्गत ग्राहकहरुलाई ४०% सम्म छुट प्रदान गरिनेछ ।

उक्त डिस्काउन्ट कति प्रतिशत हुन्छ भनेर ग्राहकहरुले चेकआउटको समयमा कोड राखेपछि मात्र थाहा पाउन सक्नु हुनेछ । यो क्याम्पेन असार १४ देखि असार ३१ सम्म मात्र लागु हुनेछ ।

एजेन्सी

Comments

Back to top