दैनिक अदुवा सेवन गर्दा के हुन्छ ?

अदुवा हाम्रो भान्सामा नियमित रुपमा प्रयोग हुन्छ। दैनिक अदुवा खाँदा स्वास्थ्यमा धेरै फाइदा गर्दछ । अदुवा सेवनले शरीरमा यी निम्न फाइदा गर्दछ ।

एन्टी-इन्फ्लेमेटरी : अदुवामा पाइने इन्टी-इन्फ्लेमेटरी तत्वले शरीरमा हुने सुजनलाई छिटो कम गर्छ ।

वाकवाकी कम गर्छ : के तपाईलाई बिहान प्रायः वाकवाकी लाग्दछ ? यदि यस्तो समस्या छ भने हरेक दिन अदुवाको सेवनले तपाईंको यो समस्या समाधान हुन्छ । दैनिक अदुवा खाँदा वाकवाकी चाँडै हट्छ । विशेष गरी गर्भवती महिलाहरू र केमोथेरापी गराइरहेका मानिसहरूले यसबाट फाइदा लिन सक्छन्।

मांसपेशी दुखाइ कम : के तपाईलाई मांसपेशी दुखाइ वा हात खुट्टा दुखाइ छ ? अदुवा खाँदा यसले राम्रो प्रभाव पार्न सक्छ। दैनिक अदुवाको सेवन गर्नाले बिस्तारै दुखाई कम हुन्छ ।

कब्जियतमा फाइदाजनक : दैनिक रूपमा अदुवा खाँदा तपाईंको आन्द्राको चालमा धेरै राम्रो हुन्छ। जसले खाना पचाउन मद्दत गर्छ र कब्जियत हुन दिँदैन ।

महिनावारीको दुखाइ: महिनावारी भएको समयमा धेरै महिला पेट दुख्ने समस्याले आजित छन् । त्यसो भए दैनिक अदुवा खानाले तपाईंलाई मद्दत गर्न सक्छ। अदुवा सेवनले तीव्र पेट दुखाइलाई कम गर्न मद्दत गर्दछ।

कोलेस्ट्रोल घटाउँछ : एक महिनासम्म हरेक दिन अदुवा खाँदा शरीरमा ‘खराब’ कोलेस्ट्रोल कम हुन्छ। अदुवामा पाइने तत्वले रगतमा ट्राइग्लिसराइड्सको मात्रा कम गर्छ ।

प्रतिरक्षा प्रणाली बढाउँछ : अदुवामा पाइने एन्टी-इन्फ्लेमेटरी गुणले रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ। के तपाई पहिले नै चिसो वा भाइरसबाट ग्रसित हुनुहुन्छ, त्यसो हो भने अदुवाले तपाईंलाई छिटो रिकभर गर्न मद्दत गर्न सक्छ।

एजेन्सी

Comments

Back to top