नासा र स्पेस एक्सबीच ८ सय ४३ मिलियन डलरको सम्झौता

अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र एलन मस्कको कम्पनी स्पेस एक्सबीच आठ सय ४३ मिलियन डलरको सम्झौता भएको छ । यस सम्झौता अनुसार स्पेस एक्सले डिअर्बिट भेहिकल नामक अन्तरिक्ष यान बनाउनेछ । यो अन्तरिक्ष यानले झन्डै चार सय ३० टन तौल भएको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को म्याद पूरा भएपछि सन् २०३० मा पृथ्वीमा फर्काउन महत्वपूर्ण भूमिका खेल्ने बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बनाउनका लागि सन् १९८० को दशकमा यसका पार्टपुर्जा एक–एक गरी अन्तरिक्षमा पठाइएको थियो । यो स्टेशन पृथ्वीबाट चार सय किलोमिटर माथि अन्तरिक्षमा रही हरेक ९० मिनेटमा पृथ्वीको वरिपरि एक परिक्रमा गर्छ ।

आफ्नो कार्यकाल पूरा गरेपछि आईएसएस अन्तरिक्षमा तैरने र अन्तरिक्ष भग्नावशेषको हिस्सा बनेर पृथ्वीमा खस्न सक्ने नासाले बताएको छ । नासाले आईएसएसलाई सुरक्षित रूपमा हटाउने र फिर्ता ल्याउने  जिम्मेवारी विभिन्न देशमा रहेको एजेन्सीसँगै स्पेसएक्सको पनि रहेको बताएको छ ।

एजेन्सी

Comments

Back to top