शाओमीले नेपालमा ल्यायो पक्का अल–राउनन्डर रेड्मी १३

शाओमीले नेपालमा रेड्मी १३ सार्वजनिक गरेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीका अनुसार हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । १२ एनएमको चिपमा बनेको यो अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिन्छ । इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्नेछ । रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी प्लस डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ ।

रेड्मी १३ ले विभिन्न प्रयोगकर्ताका आवश्यकताहरू पुरा गर्न विभिन्न स्टोरेज र ¥याम कन्फिगरेसनहरू प्रदान गर्दछ । ६ जिबी ¥याम १२८ जिबी स्टोरेज र ८ जिबी ¥याम २५६ जिबी स्टोरेज सहित विकल्पमा रेड्मी १३ उपलब्ध हुनेछ । यसबाहेक माइक्रोएसडी कार्ड मार्फत १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ । त्यसैले प्रयोगकर्ताहरूले स्टोरेजको बारेमा चिन्ता लिनुपर्ने छैन ।

उत्कृष्ट क्यामारा सेटअप सहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । यसको रियर क्यामेरामा स्यामसङ सुपर–क्लियर आइएसओ सेल एचएम ६ सहितको १०८ मेगापिक्सेलको क्यामारा समावेश रहेको छ । यस मुख्य क्यामेरामा ६ पि लेन्स र १.७५ को एपेरेचर रहन्छ भने २.४ एपेरेचरको २ मेगापिक्सेलको म्याक्रो क्यामारा पनि यस स्मार्टफोनमा उपलब्ध हुन्छ ।

यो कम्बीनेसनको सहायताले प्रयोगकर्ताहरुले जस्तोसुकै लाइटिङमा पनि क्लोज–अप फोटोहरु लिन सक्नेछन् ।साथै फिल्म क्यामेरा, कस्टम फ्रेम, १०८० एमपी मोड, एचडिआर मोड, नाइट मोड, पोर्ट्रेट मोड र टाइम–ल्याप्स जस्ता सुविधाहरूले यस स्मार्टफोनलाई थप उपयोगी बनाउँदछ । साथै यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले भिडियोमा रुची राख्नेहरुका लागि थप मजा प्रदान गर्दछ ।

एजेन्सी

Comments

Back to top