रिद्धि सिद्धि सिमेन्टले एसईईमा उत्कृष्ट नतिजा ल्याउने १५ विद्यार्थीलाई छात्रवृत्ति दिने

रिद्धि सिद्धि सिमेन्टले मकवानपुरलाई लक्षित गरि 'मकवानपुर स्मार्ट स्टूडेण्ट अफ द एअर २०८१' को छात्रवृत्ति कार्यक्रम पुन संचालनमा ल्याएको छ। 

यस अन्तर्गत ३.५ जिपिए देखि ४ जिपिए ल्याएर २०८१ मा एसईई उत्तीर्ण भएका मकवानपुरका विद्यार्थी छात्रवृत्ति कार्यक्रममा सहभागी गराइने छ।  

गत सालमा आयोजना गरिएको यस छात्रवृत्ति कार्यक्रममा ११ विद्यार्थी लाभान्वित भएका थिए। यसपटक भने ४ विद्यार्थी थपेर १५ जना स्मार्ट विद्यार्थीलाई मकवानपुरकै उत्कृष्ट छात्रवृत्ति प्रदान गरिने बताइएको छ।

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५०००, दोस्रो हुनेलाई ३५००, तेस्रो हुनेलाई २५० साथै सान्त्वना स्वरूप थप १२ विद्यार्थीलाई मासिक रुपमा १५०० कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ। यस छात्रवृत्ति कार्यक्रममा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाइट वा फेसबुक पेजमा फारम भर्नुपर्ने बताइएको छ। 

आवेदकको फारम बुझाउने अन्तिम मिति २३ असारलाई तोकिएको कम्पनीले जनाएको छ। 

एजेन्सी

Comments

Back to top