वर्षेनी दुई पटकसम्म रक्तदान गर्दा हुनेछन् यस्ता फाइदा

रगत दान गर्नु एकदमै राम्रो पून्यको काम हो । यसले तपाईं कोही आवश्यकता परेकालाई सहयोग गर्न सक्नुहुन्छ । साथमा रक्तदान गरेपछि तपाईंको स्वास्थ्यमा पनि केही फाइदा हुन्छन् ।

यी लाभका बारेमा जान्नुभयो भने तपाईंले रक्तदान अवश्य गर्नुहुनेछ ।

रक्तदान गर्नका लागि तपाईंको उमेर १८ वर्षदेखि लिएर ६० वर्षका बीचमा हुनुपर्दछ । साथमा रक्तदानका लागि तपाईंको तौल कम्तीमा ५० किलोग्राम हुनुपर्दछ ।

रक्तदान गर्नाले हृदयघातको खतरा कम हुन्छ । यो स्थितिमा रगत जम्ने समस्या पनि हुँदैन र रगत पातलो हुन थाल्छ । यस्तोमा हृदय घातको खतरा घट्दै जान्छ ।

यदि तपाईं तौल कम गर्न चाहनुहुन्छ भने पनि रक्तदान गर्नु फाइदाजनक हुन्छ । यस्तोमा तपाईं हरेक वर्ष कम्तीमा दुईपटक रक्तदान गर्न सक्नुहुन्छ ।

रक्तदान गरेपछि तपाईंले कमजोर महसुस गरे पनि तर यसले शरीरको ऊर्जा भने बुस्ट हुन्छ ।रक्तदान गरेपछि शरीरमा रगतका नयाँ कोषिकाहरु बन्छन् जसले शरीर फिट रहन्छ ।

रक्तदान गर्नाले कलेजो सम्बन्धी समस्याबाट पनि राहत पाउन सकिन्छ । शरीरमा धेरै आइरन भयो भने कलेजोमा नराम्रो असर पर्न सक्छ । रक्तदान गर्नाले आइरनको मात्रा नियन्त्रित रहन्छ ।

रक्तदान गर्नुभन्दा २४ घण्टा पहिलादेखि नै जाँडरक्सी, धुमपान तथा खैनी गाँजाको सेवन बन्द गर्नुपर्छ । साथमा रक्तदान गर्नुअघि आफ्नो मेडिकल जाँच अवश्य गर्नुहोस् ।

एजेन्सी

Comments

Back to top