नेप्सेमा ११.६० अंकको गिरावट, कारोबार रकम ४ अर्ब ५ करोड!
बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २,०६०.१६ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०५ कम्पनीको कुल ८७ लाख २७ हजार १६४ कित्ता सेयरको करिब ४ अर्ब ५ करोड ८० लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ५७ कम्पनीको सेयर मूल्य बढेको छ, १८६ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनी स्थिर रहेका छन्।
यस दिन कारोबार भएका १० उपसमूहको परिसूचक घटेको छ भने ३ उपसमूहको परिसूचक बढेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड रहेका छन् जसको सेयर मूल्य ९.५५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ६.३८% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १६ करोड ४६ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा सबैभन्दा धेरै गुडविल फाइनान्स लिमिटेडको कारोबार भयो।
Comments