बिवाईडी तेस्रो इभी मोडलका साथ जापानको सेडान बजारमा प्रवेश

चिनियाँ अटोमेकर कम्पनी बिवाईडीले मंगलबार आफ्नो तेस्रो विद्युतीय गाडी (ईभी),सील जापानमा अनावरण गर्दै कम्पनी देशको सेडान बजारमा प्रवेश गरेको छ।

सेडानको खुद्रा बिक्रीको राष्ट्रव्यापी घोषणा गर्दै बीवाईडी अटो जापान इंकअनुसार टोकियोमा एक प्रेस सम्मेलनमा सीलका दुई संस्करणहरूमा उपलब्ध हुने बताएको सिन्ह्वाले रिपोर्ट गरेको छ। यी दुबै ८२.५६ किलोवाट आवरको ब्याट्री क्षमताको साथ आउनेछन्।

५२ लाख ८० हजार येन (लगभग ३३,११० अमेरिकी डलर) को मूल्यको आधार मोडेलले लगभग ६४० किलोमिटरको ड्राइभिङ दायरा प्रदान गर्दछ, जबकि अल-ह्वील-ड्राइभ (एडब्लुडी) संस्करण ५७५ किलोमिटरको ड्राइभिङ दायराको साथ ६.०५ मिलियन येनमा बिक्रीमा थियो।

आधार मोडेलको लागि जुलाईको अन्त्यमा र एडब्लुडी संस्करणको लागि अगस्तको अन्त्यमा डेलिभरीहरू अपेक्षित रहेको रिपोर्टमा भनिएको छ।

एजेन्सी

Comments

Back to top