बेष्ट फाइनान्सको संस्थापक शेयर खरीदमा परेको बोलपत्र आज खोलिँदै

बेष्ट फाइनान्स कम्पनी लिमिटेडको संस्थापक शेयर खरीदका लागि परेको गोप्य शिलबन्दी बोलपत्र आज असार १२ गते खोलिने भएको छ ।

कम्पनीले असार ४ देखि ११ गतेसम्म इच्छुक व्यक्ति, कम्पनी तथा संस्थाहरूले किन्न पाउने गरी तीन लाख ५६ हजार ७४।५७ कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो ।

सोही लिलामी शेयर खरीदमा परेको बोलपत्र आज काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा बिहान ११ बजे खोलिने कम्पनीले जनाएको छ ।

एजेन्सी

Comments

Back to top