दहीमा भुटेको जिरा राखेर खाँदा हुने फाइदा

गर्मीमा दही र जिरा दुवैको सेवन शरीरका लागि फाइदाजनक हुन्छ । तर, के तपाईंले सोच्नुभएको छ दही र भुटेको जिरा एकसाथ मिसाएर खाँदा शरीरलाई कस्तो फाइदा हुन्छ ?

दहीमा प्रोटिन, क्याल्सियम, फस्फोरस, आइरन जस्ता पोषक तत्व हुन्छन् । त्यस्तै, जिरामा पनि फाइबर, प्रोटिन, कार्बोहाइड्रेट, म्याग्नेशियम, पोटासियम जस्ता पोषक तत्व पाइन्छन् ।

यी दुवै मिसाएर खाँदा हुने फाइदा बारे जानौं–

दहीमा प्रोबायोटिक्स हुन्छन्, जो पाचन प्रणालीका लागि फाइदाजनक हुन्छ । त्यहीँ भुटेको जिराले पेट दुख्ने, वाकवाकी, अपच, जस्ता समस्याबाट जोगाउँछ । यो मिश्रणले पाचन प्रणालीमा सुधार ल्याउन सकिन्छ ।

यी दुवै साथमा खाँदा शरीरको रोग प्रतिरोधक क्षमता पनि बढ्छ । जिरामा हुने भिटामिन सी जस्तो गुणले इम्यूनिटी बुस्ट गर्छ । यसरी मौसमी संक्रमणबाट पनि जोगिन सकिन्छ ।

दहीमा जिंक, फस्फोरस, भिटामिन ए जस्ता पोषक तत्व भरपूर मात्रामा हुन्छन् । यसले छालामा चमक ल्याउँछ र अतिरिक्त चिल्लो छाला हुने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । जिरामा भिटामिन ई र एन्टीअक्सीडेन्ट हुने भएकाले यसले पनि छालालाई फाइदा गर्छ ।

मधुमेहका बिरामीका लागि पनि दही र भुटेको जिराको मिश्रण एकदमै राम्रो विकल्प हो । यसले जोखिम पनि कम हुन्छ र मधुमेह बढ्नबाट पनि रोक्छ ।

एजेन्सी

Comments

Back to top