मिश्री र सुकमेल एकसाथ खाँदा हुने फाइदा

मिश्री र सुकमेल एक साथ खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । यसमा हुने पोषक तत्व गर्मी मौसममा लाभदायक हुन्छन् । यसलाई चिया वा शरबतमा मिसाएर खान सकिन्छ ।

मिश्री र सुकमेलमा भिटामिन सी, पोटाशियम, मिनरल्स, एन्टीअक्सीडेन्ट र नियासिन जस्ता पोषक तत्व पाइन्छन्, जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्दछन् ।

मिश्री र सुकमेल एकसाथ खानु पेटका लागि फाइदाजनक मानिन्छ । सुकमेलले पेटको पाचन प्रणाली राम्रो बनाउँछ । साथमा कब्जियत, अपच र ग्यास जस्ता समस्यामा यो प्रभावकारी हुन्छ ।

गर्मीमा हुने थकान तथा कमजोरीबाट बच्न पनि मिश्री र सुकमेल राखेको शरबत पिउन सकिन्छ । यसमा हुने मिनरल्स र आइरनले शरीरलाई बलियो बनाउन सहयोग गर्छ।

सुकमेल र मिश्रीको मिश्रण मुखबाट आउने दुर्गन्ध हटाउनका लागि पनि प्रभावकारी मानिन्छ । यसका लागि तपाईंले सुकमेल र मिश्री एकसाथ चपाएर पनि खान सक्नुहुन्छ ।

एजेन्सी

Comments

Back to top