इटालीको क्याप्रीमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक

पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा रोक लगाएको छ । क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको समाचारसंस्था एएफपीले जनाएको छ ।

मुख्य भुमीका प्राविधिक समस्या आएको कारण टापुमा पानी आपूर्तिमा समस्या भएको आपूर्ति कम्पनीले जनाएको छ । अहिले स्थानीय सरकारले ट्याङकरबाट ओसारेर प्रतिघर २५ लिटरका दरले पानी बितरण गरिरहेको छ ।

क्याप्रीमा दैनिक आउने हजारौं पर्यटक पुग्ने गरेका छन् । नेपल्समा रहेको क्याप्री, सेतो भिला, पर्यटकीय गन्तव्य र ठूला होटेलको लागि प्रसिद्ध रहेको छ । क्याप्रीमा झन्डै १३ हजार स्थायी बासिन्दा छन् । 

एजेन्सी

Comments

Back to top