बच्चालाई कति वर्षसम्म आफूसँगै सुताउनु सही हुन्छ ?

त्यसो त नेपाल भारत जस्ता देशमा बच्चालाई सानोमा आमाबुवासँगै सुताउने चलन छ । विभिन्न विकसित देशमा सानैदेखि बच्चालाई आमाबुवाबाट अलग सुताएको देख्न पाइन्छ ।

यस्तो प्रश्न पनि आउँछ के बच्चालाई बुवाआमासँग सुताउनु सही हो ? हो भने कुन उमेरसम्म बच्चालाई आफूसँगै सुताउनु पर्दछ ? यसबारेमा आज जान्ने कोसिस गरौं ।

विशेषज्ञहरुको भनाईअनुसार सात वर्षको उमेरसम्म बच्चालाई अभिभावकसँग सुताउनु उपयुक्त हुन्छ । सात वर्षभन्दा कम उमेरका बच्चा बुवाआमासँगै सुत्नु राम्रो मानिन्छ। किशोरावस्था आउने बित्तिकै बच्चामा विभिन्न प्रकारका परिवर्तन देखिन थाल्छन् । यी परिवर्तन शारीरिक तथा मानसिक दुवै प्रकारका हुन सक्छन् ।

कतिपय बच्चा आफै पनि ठूलो हुँदै गएपछि बुवाआमासँग सुत्न अप्ठेरो वा लाज मान्ने गर्दछन् । यस्तो अवस्थामा बुवाआमाले उनीहरुको भावना बुझ्नुपर्ने हुन्छ ।

तपाईंको बच्चा किशोरावस्थाको उमेरमा पुगेको छ भने उसलाई आफ्नो समय पनि दिनुहोस् । यो उसका लागि एकदमै जरुरी हुन्छ ।

बच्चालाई छुट्टै सुताउनुका आफ्नै फाइदा छन् । बच्चालाई एक्लै छुट्टै सुताउँदा उनीहरुमा आत्मनिर्भरता आउँछ । उनीहरुभित्र डरको भावना हट्दै जान्छ ।

जब बच्चा एक्लै सुत्छन् उनीहरुमा निद्राको गुणस्तर पनि राम्रो हुन्छ । उनीहरुको शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।

बच्चालाई एक्लै सुताउन सुरुमा आमाबुवालाई असजिलो पनि लाग्न सक्छ । बच्चाको लागि छुट्टै कोठाको व्यवस्था छ भने सुरुमा आफ्नो र उनीहरुको ढोका खोलेर सुत्ने गर्नुहोस् ।

तपाईंले बच्चाको कोठामा क्यामरा राख्न पनि सक्नुहुन्छ । जसले गर्दा रातको समयमा  बच्चाको क्रियाकलाप हेर्न मन लागेमा पटक-पटक उनीहरुको कोठामा जानु पर्दैन ।

एजेन्सी

Comments

Back to top