इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गयो

इटालीमा दुई वटा पानी जहाज डुब्दा ११ जना आप्रवासीको ज्यान गएको छ । लैम्पेडुसाको किनारमा काठको डुङ्गामा आप्रवासीहरूलाई सहयोग गर्न आएका उद्धारकर्ताहरूले डेकको तल ११ वटा शव फेला पारेको बताएका छन् । जहाज दुर्घटनामा अरु ६० जना हराइरहेका आशंका गरिएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

दुर्घटनामा ५१ जनाको भने उद्धार भएको छ । इटालीको तटरक्षकले जहाज दुर्घटनापछि वेपत्ता भएका मानिसहरूको खोजी गरिरहेको बताएको छ । समुद्रमा हराएकाहरू अफगानिस्तान र इरानबाट आएको बताइएको छ ।

एजेन्सी

Comments

Back to top