गर्मीमा धेरै अन्डा खाँदा हुन सक्छ नोक्सान

गर्मीमा धेरै अन्डा खानु कहिलेकाँही स्वास्थ्यका लागि नोक्सान पनि हुन सक्छ । अन्डा धेरै खाँदा तपाईंलाई पेटसँग जोडिएका समस्या हुन सक्छन् ।

खाद्य विशेषज्ञका अनुसार अन्डामा प्रोटिन, क्याल्सियम, जिंक र भिटामिन डी जस्ता पोषक तत्व हुन्छन्, जसले तपाईंलाई स्वस्थ राख्न सहयोग गर्छन् । तर, गर्मीमा यो धेरै खाँदा पेट खराब हुने समस्या देखिन सक्छ ।

गर्मीमा अन्डा धेरै खानाले पेट खराब हुनुका साथै अनुहारमा दाना आउने तथा पोल्ने जस्ता समस्या पनि हुन सक्छ ।

यो मिर्गौलाका लागि पनि नोक्सान हुन सक्छ । अन्डामा प्रोटिन धेरै हुन्छ जसले गर्दा धेरै खाँदा मिर्गौलामा नराम्रो असर पर्न सक्छ ।

गर्मीमा अन्डा धेरै खाँदा कोलेस्ट्रोलको मात्रा पनि बढ्न सक्छ। यसले मुटुसँग जोडिएका समस्या हुन सक्छन् । यस्तै एलर्जीको समस्या हुन सक्छ । साथमा यसको कारणले वान्ता पनि आउन सक्छ ।

एजेन्सी

Comments

Back to top