दैनिक दहीको सेवन गर्दा हुन्छन् यस्ता फाइदा

गर्मीमा दही खानु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यो चिसो हुने भएकाले पेटलाई शितल पनि बनाउँछ ।

दहीमा भरपूर मात्रामा भिटामिन डी र क्याल्सियम हुन्छ, जुन हड्डीलाई बलियो बनाउन सहायक हुन्छ । यसको सेवनले अस्टियोपोरोसिस जस्तो गम्भीर रोगको खतरा पनि कम हुन्छ।

दहीमा हुने गुणले रुघाखोकीबाट बचाउँछ । यसलाई दैनिक सेवन गर्दा मौसमी रोगको जोखिमबाट बच्न सकिन्छ । दहीलाई गुडसँग दैनिक खाँदा एनिमियाको समस्या कम हुन्छ। यदि हेमोग्लोबिन कम हुने समस्या छ भने दहीमा थोरै गुड मिसाएर खानुहोस् ।

दहीमा हुने गुण तनाव कम गर्न पनि सहयोगी हुन्छन् । दैनिक एक कचौरा दही नियमित खाने हो भने तपाईं तनावमुक्त जीवन जिउन सक्नुहुन्छ । दही दैनिक सेवन गर्दा कोलेस्ट्रोल कम हुन्छ । जसले मुटुसम्बन्धी रोगको जोखिम कम गर्छ । दहीमा हुने गुड ब्याक्टेरियाले कलेजोलाई स्वस्थ बनाइराख्न सहयोग गर्छ । गुड ब्याक्टेरियाको कारण दहीले आन्द्रालाई पनि स्वस्थ बनाइराख्छ ।

दैनिक दही खाँदा ऊर्जा प्राप्त हुन्छ र अनिद्रा जस्तो समस्या पनि कम हुन्छ । दही बिहान वा दिउँसो खाँदा बढि प्रभावकारी हुन्छ ।

एजेन्सी

Comments

Back to top