नबिल बैंकको नयाँ ब्याजदर सार्वजनिक

नबिल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागु हुने गरी बैंकले ब्याजदर सार्वजनिक गरेको हो । बैंकले जेठ महिनाको तुलनामा असार महिनाको लागि सार्वजनिक गरेको ब्याजदर घटाएको छ ।

नबील बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम् ब्याजदर ७ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ६ प्रतिशत ब्याजदर कायम भएको छ । जेठमा व्यक्तिगततर्फ ६.७५ र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर रहेको थियो ।

एजेन्सी

Comments

Back to top